Connect with us
Kapilvast Forest

प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीको सानदार जित

२०७८, १० जेष्ठ सोमबारमा प्रकाशित

एजेन्सी –उपाधि जितिसकेको म्यानचेस्टर सिटीले इङ्ग्लिस प्रिमियर लिग फुटबलको अन्तिम खेलमा सानदार जित निकालेको छ ।

गएराति भएको खेलमा सिटीले एभर्टनलाई ५-० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन सर्जियो अग्युरोले दुई गोल गरे । यस्तै केभिन डी ब्रुएन, ग्राबियल जिसस र फिल फोडेनले एक/एक गोल गरे । सिटीले उपाधि जित्ने क्रममा ३८ खेलमा ८६ अङ्क जोडेको छ ।

दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको ३८ खेलबाट ७४ अङ्क छ । एभर्टन भने ५९ अङ्क जोडेर दशौं स्थानमा झरेको छ । जितपछि म्यानचेस्टर सिटीले उपाधिको ट्रफी समेत उचालेको छ ।

अन्ततः यो सिजनको प्रिमियर लिग समापन भएको छ । गएराति एकैपटक १० खेलहरु सम्पन्न भए । शीर्ष ४ का लागि टिमहरुबीच निकै प्रतिस्पर्धा चल्यो ।

यस्तै ३ खेल बाँकी छँदै उपाधि जितेको म्यान्चेस्टर सिटीको मैदानमा सर्जियो अगुइरोको विदाईले केही भावुक पनि बनायो । सिटीका सर्वाधिक उच्च गोलकर्ता अगुइरोले एभर्टनसँग खेल्दा अन्तिम खेलमा २ गोल समेत गरे ।

लेस्टर सिटी टोटेनहमसँग पराजित हुन पुगेसँगै शीर्ष ४ मा पुग्न असफल रह्यो । यद्यपि चेल्सीले भने एष्टन भिल्लासँग पराजित भएपनि शीर्ष ४ मा रहँदै च्याम्पियन्स लिग खेल्नेछ । म्यान्चेस्टर सिटीसँगै म्यान्चेस्टर युनाइटेड, लिभरपुल र चेल्सी शीर्ष ४ मा रहे ।

यता फुलह्याम, वेष्टवर्म र शेफिल्ड युनाइटेड रेलिगेसनमा परेका छन् । टोटेनहमका स्ट्राइकर ह्यारी केनले यस सिजनमा २३ गोल गर्दै गोल्डेन बुट जितेका छन् । उनले पछिल्ला ७ वर्षको अवधिमा ५ पटकसम्म २० गोलभन्दा माथि गोल गरेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu