Connect with us
Kapilvast Forest

कोरोनाबाट मृत्यु भएका परिवारलाई बुद्धभूमि नगरपालिकाले २० हजार दिने

२०७८, १० जेष्ठ सोमबारमा प्रकाशित

buddhabhumi.jpg

कपिलवस्तु-कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भई मृत्यु भएका परिवारलाई कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले २० हजार रकम राहत स्वरुप दिने भएको छ ।हालै बसेको नगरपालिकाको बैठकले उक्त निर्णय गरेको हो ।

कोरोना भाइरसको दोस्रो लहरको चपेटामा परेको जिल्लामा नियन्त्रणको प्रयासका काम भैरहेका छन् । यद्यपि संक्रमितको संख्या र मृतकको संख्या बढीरहेको छ ।

बुद्धभूमि नगरपालिकाले विपन्न, गरिब तथा असहाय घरपरिवारका लागि २० हजार काजकिरिया खर्च दिने नगर प्रमुख केशव कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

विपन्न घरपरिवारका कुनै संक्रमितको निधन भयो भने आर्थिक अभाव हुने भएकाले नगरबाट उक्त घरपरिवारका लागि २० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरिएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।

उक्त सेवा पाउनका लागि वडाबाट सिफारिस आउनुपर्ने हुन्छ । वडाले कोरोनाबाट निधन भएका घरपरिवारको आर्थिक स्थिति हेरेर नगरमा सिफारिस गरेपछि रकम पाउने उहाँले बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj