म ओलीतिर गएको छैन्, माधव नेपालसँग सम्पर्कमै छु; गोकर्ण विष्ट
काठमाडौं- नेकपा (एमाले) का नेता तथा सांसद गोकर्ण विष्टले कांग्रेस सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्री बनाउनुपर्ने रिटमा हस्ताक्षर गर्नु भएको छैन । माधव नेपाल पक्षबाट २३ गरेका छन । विष्टले नेता नेपालको साथ छोडेको चर्चा चलिरहेको छ । तर, उहाँले आफू विरामी भएर घरमै आराम गरिरहेको बताउनुभउको छ ।
उहाँले आफू ज्वरो आएर घरमै बसेको जानकारी दिनुभयो । त्यस्तै, उहाँले आफू प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको क्याम्पमा पनि नगएको जिकिर गर्नु भयो । उहाँले भन्नुभयो आफुनेता नेपालसगँ नियमित सम्पर्कमा रहेको बताउनुभयो । पछिल्लो समय नेता विष्टले एमालेको एकता जोगाउनको लागि सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो ।
त्यसको लागि उहाँले नेता नेपाललाई पनि अध्यक्ष ओलीसँग वार्ता गर्न आग्रह गर्नु भएको थियो । यो बीचमा एमालेको एकता कायम गर्न कार्यदल समेत गठन भएको थियो । तर, प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर चुनावको मिति घोषणा गरेपछि भने एमालेको फुट अब टार्न नसकिने अवस्थामा पुगेको छ। आजमात्रै, ओलीले पार्टीको स्थायी कमिटी बैठक राखेर माधव नेपालसहितका ११ सांसदलाई कारबाही गर्ने तयारी थाल्नुभएको छ ।