Connect with us
Kapilvast Forest

मैत्रीपूर्ण खेलका लागि इराक प्रस्थान गर्दै नेपाली फुटबल टाेली

२०७८, ११ जेष्ठ मंगलवारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

काठमाडौं– इराकसँग मैत्रीपूर्ण खेल खेल्नका लागि नेपाली राष्ट्रिय फुटबल टोली मंगलबार राति दोहा प्रस्थान गर्दै छ। कतार विश्वकप २०२२ तथा एसियन कप २०२३ छनोट खेलको तयारीस्वरुप मैत्रीपूर्ण खेल खेल्न टोली आज १० बजे राति यात्रामा निस्किन लागेकाे हो।

कतार एयरवेजकाे चार्टर उडानमार्फत दोहा हुँदै टोली इराक पुग्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। २३ खेलाडीसहित ३६ सदस्यी टोलीको आउने जाने हवाई खर्च विश्व फुटबल महासंघ (फिफा) ले बेर्होने एन्फाले जानकारी दिएको छ।

 

टोलीसँगै राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव रमेशकुमार सिलवाल पनि इराक पुग्नेछन्। उनको यो यात्रा अचानक तय भएको एन्फा स्रोतले बताएको छ। ‘सोमबार अचानक उहाँ पनि जाने तय भएको हो। उहाँलाई एन्फा अध्यक्षय कर्माछिरिङ शेर्पाले पठाउन लागेका हुन्,’ स्रोतले भन्यो।

उनले इराक र कुवेतका सरकारी खेलकुद निकायका पदाधिकारीसँग भेटघाट गर्ने जनाइएको छ। तर, भेटको उद्देश्य भने नखुलेको स्रोतले बताएको छ। गतवर्ष दोस्रो पटक सदस्य सचिव बनेका सिलवालको फुटबल टोलीसँगको यात्रा भने यो पहिलो पटक हो।

यद्यपि, नेपालले जेठ १५ गते बसरा इन्टरनेसनल स्टेडियममा इराकसँग मैत्रीपूर्ण खेल खेल्नेछ। नेपालले यसअघि इराकसँग सन् २००१ मा खेलेको थियो। विश्वकप छनोटको उक्त खेलमा इराकले नेपाललाई ४-२ गोलअन्तरले हराएको थियो।

फिफा बरीयतामा नेपाल १७१औं स्थानमा छ भने इराक ६८औं स्थानमा छ।इराकविरुद्धको खेलपछि जेठ १६ गते नेपाली टोली स्थलमार्ग हुँदै कुवेत जाने छ। त्यहाँ टोलीले तीन विश्वकप र एसिया कप छनोटका खेल्नेछ। नेपालले जेठ २० गते चाइनिज ताइपेइ, २५ गते गते जोर्डन र २८ गते अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ।

विश्वकप क्वालिफायर्सको समूह बी मा रहेको नेपालले ५ खेल खेल्दै ३ अंक जोडेको छ। यसअघि सबै अवे खेल खेलिसकेको नेपालले अब होम गेमका खेल मात्र खेल्न बाँकी छ। ५ खेलमा १ जित र ४ खेलमा हार बेहोरेको नेपाल साथ चौथो स्थानमा छ। होम गेमको पहिलो खेलमा कुवेतसँग यसअघि नै नेपाल पराजित भइसकेको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu