Connect with us
Kapilvast Forest

गौतम बुद्धका उपदेशहरु विश्वमै लोकप्रिय :मुख्यमन्त्री राई

२०७८, १२ जेष्ठ बुधबारमा प्रकाशित

काठमाडौं-प्रदेश १ का मुख्यमन्त्री र सभामुखले बुद्ध जयन्ती तथा किराँत समुदायको महान साँस्कृतिक चाड उँभौली साकेला, साकेन्वा, चासोक तङनाम, चासुवा, फोलस्याँदर २०७८ को अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ ।

मुख्यमन्त्री शेरधन राई र सभामुख प्रदीपकुमार भण्डारीले छुटा छुटै रुपमा शुभ कामना सन्देश जारी गर्दै विश्व शान्तिका अग्रदूत गौतम बुद्धका उपदेशहरु विश्वमै लोकप्रिय रहेका उल्लेख गर्नु भएको हो ।

शान्ति, अहिंसाका प्रतिमूर्ति गौतम बुद्धबाट व्यक्त सत्य वचनहरुको महत्व आजको विश्व परिवेशमा झनै बढेको छ, मुख्यमन्त्री राईको शुभकामना सन्देशमा भनिएको छ, बुद्धको उपदेशलाई आत्मसात गर्न सकिए राष्ट्र र विश्वमा नै बन्धुत्व, सद्भाव र दीगो शान्ति स्थापना हुने मेरो विश्वास छ ।

सन्देशमा मुख्यमन्त्री राईले उभौली जस्ता चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान गरेको उल्लेख गनुृ भएको छ ।

हिमाल, पहाड र तराईमा बस्ने सबै नेपालीबीच बन्धुत्व, भाइचारा र एकताको भावना बढाउन यस प्रकारका चाडपर्वले उर्जा प्रदान गर्दै आएको मुख्यमन्त्री राईको भनाई छ ।

त्यसैगरी सभामुख भण्डारीले मौलिक साँस्कृतिक चाडपर्वहरुले सामाजिक एवम् पारिवारिक जमघट गराउने र समुदायबीचमा आपसी सद्भाव सुमधुर बनाउन सहयोग पुग्ने उहाँले आफ्नो सन्देशमा उल्लेख गर्नु भएको छ ।

बढ्दो रुपमा फैलिएको कोरोना भाइरस का कारण यी चाडपर्व खुला र भव्य रुपमा मनाउन सम्भव नभएको बताउँदै मुख्यमन्त्री राईले भाइरसको संक्रमणबाट बच्न र सुरक्षित रहन उनीहरुले छुट्टा छुट्टै शुभकामना सन्देश मार्फत अपील समेत गर्नु भएको छ । प्रदेश सरकारले उँभौली साकेलाको अवसरमा बिदा समेत दिएको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu