Connect with us
Kapilvast Forest

पर्यटन विकासका लागि सरकार गम्भीर

२०७६, २९ श्रावण बुधबारमा प्रकाशित

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मुलुकको पर्यटन विकासका लागि मन्त्रालयले विभिन्न कार्यक्रम अगाडि सारेर काम गरिरहेको बताउनुभएको छ ।

 

नवनियुक्तमन्त्री भट्टराईलाई बुधबार मन्त्रालयमा बधाई दिन पुगेको नेपाल व्यापार संघको टोलीसँग कुराकानी गर्दै भट्टराईले मुलुकको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको यस क्षेत्रको विकासमा मन्त्रालय लागिरहेको बताउनुभएको हो ।

‘सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य छ, यसलाई पूरा गर्न मन्त्रालयले गर्नुपर्ने आवश्यक काम गरिरहेको छ’, भट्टराईले भन्नुभयो, ‘पर्यटन क्षेत्रमार्फत मुलुकको विकासका लागि सरकारले गम्भीर भएर काम गरिरहेको छ ।’

संघका अध्यक्ष कुमार कार्कीले तातोपानी र केरुङ नाकामा व्यापारीले भोग्नुपरेको समस्याबारे भट्टराईको ध्यानाकर्षण गराउनुका साथै उहाँको सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्नुभएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu