कोरोना संक्रमणको दर घट्यो,६७१४ जना संक्रमित,१४५ को मृत्यु,छ हजार ७१६ जना कोरोनामुक्त
काठमाडौं, – नेपालमा कोरोनाभाइरसका छ हजार ६७७ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १९ हजार ३० जनाको आरटपीसीआर परीक्षण गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालमा हाल एक लाख १७ हजार ७७ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ ।
मन्त्रालयका सहायक प्रवक्ता डा. समीर कुमार अधिकारीले चौबीस घण्टामा छ हजार ७१६ जना कोरोनामुक्त भएको बताउनुभयो । उहाँका अनुसार सोही अबधिमा १४५ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।