Connect with us
Kapilvast Forest

एमाले एकता जोगाउन अन्तिम क्षणसम्म प्रयत्न गर्नेछौं:गोकर्ण विष्ट

२०७८, १३ जेष्ठ बिहीबारमा प्रकाशित

 

काठमाडौं- नेकपा एमालेका नेता गोकर्ण विष्टले पार्टी एकतालाई जोगाउन अन्तिम क्षणसम्म पनि इमान्दार प्रयत्न गर्ने बताउनु भयो । उहाँले पार्टी र जनसंगठनका सबै तहका कमिटीहरुलाई २०७५ जेठ २ को पूर्ववत अवथामा फर्काएरमात्रै एकता जोगिने दावी गर्नु भएको थियो ।विष्टको सन्दर्भमा विभिन्न चर्चा बाहिर भएपछि उहाँले आफू पार्टी एकताको पक्षमा रहेको भन्दै जेठ २ को बटमलाइन अघि सार्नु भएको हो ।

विष्टले पछिल्लो समयमा शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउने र मुद्दा मामिला गर्ने सन्दर्भमा माधव नेपाल पक्षमा हस्ताक्षर गरेका छैनन् । तर बुधवार नेपाल पक्षबाट जारी संयुक्त वक्तव्यमा भने उहाँको नाम छ ।

विष्टले भन्नु भएको छ, ‘नेकपा एमाले र जनसंगठनका सबै तहका कमिटीहरुलाई २०७५ जेठ २ को पूर्ववत अवस्थामा फर्काएर पार्टी एकतालाई जोगाउन हाम्रो तर्फबाट अन्तिम क्षणसम्म इमान्दार प्रयत्न रहनेछ । राष्ट्र, जनता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको रक्षाका लागि सही विचार र कार्यदिशा अवलम्बन गरेको सवल एवं एकीकृत पार्टीले मात्रै महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्न सक्दछ ।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu