प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब बजेट
काडमाडौं – सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब बजेट विनियोजन गरेको छ।शनिबार अर्थमन्त्री विष्णु पौडेलले सिंहदरबारबाट अध्यादेशमार्फत बजेट भाषणका क्रममा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट २ लाखलाई रोजगारी दिन १२ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको बताउनु भयो। चालु वर्षमा ११ अर्ब ६० करोड रुपैयाँ विनियोज गरिएको थियो।
सरकारले संसद्का दुवै सदनमा बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ। तर, संसद् विघटन भइसकेको अवस्थामा सरकारले अध्यादेशमार्फत आगामी आर्थिक वर्ष २०७८र७९ का लागि वार्षिक बजेट घोषणा गरेको हो।
अर्थमन्त्री पौडेलले बजेटको विनियोजन गर्नुअघि शनिबार नै राष्ट्रपति विद्यादेवी भण्डारीले बजेट अध्यादेश जारी गर्नु भयो ।मन्त्रिपरिषद बैठकले सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले आर्थिक अध्यादेश, विनियोजन र राष्ट्र ऋण उठाउने अध्यादेश गरी तीन वटा अध्यादेश जारी गर्नु भयो ।