Connect with us

सरकारले ल्याएको बजेट असंवैधानिक भएको विपक्षी गठबन्धनको निष्कर्ष

२०७८, १६ जेष्ठ आईतवारमा प्रकाशित

काठमाडौं -काम चलाउ सरकारले अध्यादेशबाट ल्याएको बजेट असंवैधानिक भएको विपक्षी गठबन्धनले निष्कर्ष निकालेको छ। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा बसेको बैठकले यस्तो निष्कर्ष निकालेको हो।

सरकारले असंवैधानिक ढंगले चालेको कदमको प्रतिवाद गर्नेबारे छलफल भएको माओवादी केन्द्रका नेता देव गुरूङले जानकारी दिनुभयो । सरकारको कदमविरूद्ध उत्रनका लागि केहीबेरमा सबैको तर्फबाट संयुक्तरूपमा विज्ञप्ति जारी हुन्छ उहाँले भन्नुभयो।

त्यस्तै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सकारका विरुद्ध कानुनी र राजनीतिक लडाइका लागि पाँच दल एकजुट भएको जानकारी दिनुभयो । पौडेलले सरकारले मनपरी ढंगबाट बजेट ल्याएको र स्वेच्छाकारी ढंगले चलेको भन्दै त्यसका लागि सशक्त प्रतिकारमा उत्रने बताउनुभयो । उहाँले भन्नुभयो , ‘अहिले आन्दोलनको अवस्था नभए पनि त्यसको पूर्व तयारीका लागि बैठकमा छलफल भएको छ।’

प्रतिनिधिसभा विघटन र सरकारले ल्याएको बजेटका बारेमा छलफल गर्न देउवा निवासमा विपक्षी गठबन्धनका नेता एकजुट भएको हो । बैठकमा कांग्रेसबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता ज्ञानेन्द्र बहादुर कार्की सहभागी हुनुन्थ्यो । नेकपा एमालेको नेपाल समूहबाट वरिष्ठ नेता माधवकुमार नेपाल र नेता भीम रावलको सहभागिता हुनुन्थ्यो।

यस्तै, नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कृष्ण बहादुर महरा र देव गुरुङ, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराई र राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेल पनि सहभागी हुनुन्थ्यो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu