कोरोना संक्रमणबाट श्रीमानको मृत्युपछि श्रीमतीले गरिन् आत्महत्या
धनगढी – कोरोना संक्रमणबाट श्रीमतीको मृत्यु भएपछि अस्पतालमा कुरुवा बसेकी महिलाले आत्महत्या गर्नु भएको छ ।डडेल्धुरा अस्पतालमा उपचाररत बाजुराको खप्तड छेडेदह गाउँपालिका–७ का सुरेश कठायतको संक्रमणबाट मृत्यु भएको केही घण्टामा उनकी श्रीमती सरिता रावतले झुण्डिएर आत्महत्या गनुृ भएको हो ।
वडाध्यक्ष खगेन्द्र रावतले शनिबार बिहान करिब साढे ९ बजेतिर डडेल्धुरा अस्पतालको भेन्टिलेटरमा उपचारका क्रममा ज्यान गुमाएका कठायतकी श्रीमतीले नजिकैको जंगलमा झुण्डिएर आत्महत्या गरेको बताउनुभयो ।
‘ज्वरो र रुघाखोकी लागेपछि जिल्ला अस्पताल भर्ना भएका कठायतलाई जेठ २ गते अस्पतालले डडेल्धुरा रेफर गरेको थियो,’ वडाध्यक्ष रावतले भन्नुभयो , ‘स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उहाँकी श्रीमतीसँगै काका र भाइ पनि कुरुवा बस्नुभएकने थियो । मृत्यु लगत्तै अस्पतालबाट भागेकी रावत आत्महत्या गरेको अवस्थामा फेला पर्नु भएको थियो ।’
रावतका अनुसार लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरु दुवै जनाले गत वर्षको असोजमा मात्र विवाह भएको थियो ।सरिता स्थानीय सरस्वती माध्यमिक विद्यालयमा लेखापाल पदमा कार्यरत हुनुन्थ्यो भने कठायतले हालै स्नातकोत्तरको अध्ययन सक्नुभएको थियो ।मृतक कठायतको शनिबार अन्त्येष्टि गरिएको छ भने उहाँकी श्रीमती सरिताको शव परीक्षणका लागि डडेल्धुरा अस्पतालमा राखिएको छ ।