Connect with us
Kapilvast Forest

माधव नेपालले एमाले वरिष्ठ नेताको हैसियतामा हस्ताक्षर गरेपछि सूर्य थापाको आपत्ति

२०७८, १६ जेष्ठ आईतवारमा प्रकाशित

surya thapa

काठमाडौं- विपक्षी गठबन्धनको विज्ञप्तिमा माधवकुमार नेपालले हस्ताक्षर गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आपत्ति जनाउनुभउको छ । विपक्षी ५ दलले आज संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा माधवकुमार नेपालले नेकपा एमालेको वरिष्ठ नेताको हैसियतामा हस्ताक्षर गरेको भन्दै आपत्ति जनाउनुभएको हो ।

थापाले विज्ञप्तीसहित ट्वीट गर्दै माधव नेपाल एमालेको वरिष्ठ नेताको दर्जामा नभएको भन्दै हस्ताक्षर अनाधिकृत भएको बताउनुभएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष केपी शर्मा ओली, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव तथा राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले विज्ञप्ती जारी गर्दै सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि कामकारवाही नगर्न चेतावनी दिएको छ। सरकारका संविधान विपरीतका र अलोकतान्त्रिक कामकारवाहीमा सहयोगी नहुन राज्यका सबै अंग र निकायलाई उहाँहरूले आग्रह पनि गर्नु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj