Connect with us
Kapilvast Forest

सरकारको प्राथमिकतामा खोप, छ देशबाट खोप ल्याउन प्रक्रिया शुरु

२०७८, १६ जेष्ठ आईतवारमा प्रकाशित

 

काठमाडौं-सरकारले कोरोना भाइरस (कोेभिड–१९) नियन्त्रणका लागि पहिलो प्राथकितामा खोप खरिद गरी धेरैभन्दा धेरै लगाउने तयारीका साथ अघि बडेको बताएको छ । स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा.समीरकुमार अधिकारीका अनुसार चीन र भारत सहित थप चार देशबाट खोप खरिद प्रक्रिया अघि बढाइएको बताउनुभयो । सरकारले नर्वे, रूस, बेलायत र अमेरिकासँग खोप खरिद बारे छलफल शुरु गरेको उहाँले बताउनुभयो ।

हालसम्म चीन र भारतबाट ३२ लाख ४८ हजार डोज खोप ल्याएर लगाइसकेको मन्त्रालयले जनाएको छ । यो खोप बालवबलिका र बृद्धबृद्धा बाहेकका कोरोना भाइरस सङ्क्रमितको उपचार तथा अग्रभागमा खटिनेहरुलाई पहिलो प्राथमिकता दिएर लगाइएको छ । सरकारले ७२ प्रतिशत जनसङ्ख्यामा खोप लगाउनुपर्ने यसका लागि दुई करोड १७ लाख डोज खोप खाँचो रहेको जनाएको छ । तर एक पटक मात्र प्रयोग गर्ने खोप भए थोरै लाग्ने समेत डा. अधिकारीले जानकारी दिनुभयो ।

यसका लागि सरकारले छ वटा देशमा खोप खरिद बारे प्रक्रिया अघि बढाएकाले तत्काल खोप उपलब्ध हुने मन्त्रालयले जनाएको छ । प्रभावकारी खोप खरिद गरी चाँडै नेपालीलाई खोप लगाउनुपर्ने विषयमा मन्त्रालयले सरकारलाई सुझाव दिएको डाक्टर अधिकारीले बताउनुभयो ।

सरकारले शनिबार सार्वजनिक गरेको बजेटमा समेत खोप खरिदका लागि २६ अर्ब ७५ करोड बजेट छुट्याएको छ । सबै उमेर समुहका लागि खोप लगाउने तयारी हित बजेट विनियोजन गरेको अर्थमन्त्री विष्णु पौडेलले बताउनुभएकाे थियाे। यता राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी समकक्षी जो वाइडेनलाई पत्र लेखी कोरोना भाइरसविरुद्धको खोप नेपाललाई सहयोग गर्न अनुरोध गर्नुभएको छ । साे पत्र शुक्रबार अमेरिकाका लागि नेपालका राजदूत डा. युवराज खतिवडामार्फत डिसीस्थित स्टेट डिपार्टमेन्टका वरिष्ठ सल्लाहकार इर्भिन मासिंगालाई उक्त पत्र हस्तान्तरण गरिएकाे छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu