Connect with us
Kapilvast Forest

प्युठानमा २ अर्ब ९१ करोड ३१ लाख बजेट विनियोजन

२०७८, १६ जेष्ठ आईतवारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

 

राम बहादुर बिश्वकर्मा, प्युठान- सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि प्युठानलाई २ अर्ब ९१ करोड ३१ लाख बजेट विनियोजन गरेको छ। आईतबार अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले प्रस्तुत गरेको बजेटमा जिल्लाका ९ स्थानीय तहलाई उक्त बजेट बिनियोजन भएको हो। । प्युठानले समानीकरण अनुदान ,सशर्त अनुदान र समपुरक अनुदान वापत उक्त रकम प्राप्त गरेको हो।

जिल्लामा सबै भन्दा बढी प्युठान नगरपालिकाले ४३ करोड ४ लाख र सबैभन्दा कम मल्लरानी गाउँपालिकालाई २५ करोड ५४ लाख रुपैया रकम बिनियोजन गरेको छ।

स्वर्गद्वारी नगरपालिकालाई ३८ करोड ४७ लाख रुपैया बजेट आएको छ। त्यस्तै, नौबहिनी गाउँपालिकालाई ३४ करोड ६८ लाख, झिमरुक गाउँपालिकालाई ३३ करोड ५७ लाख, गौमुखि गाउँपालिकालाई ३० करोड १६ लाख,सरुमारानी गाउँपालिकालाई २६ करोड ९१ लाख,माण्डबी गाउँपालिकालाई २५ करोड ६४ लाख र ऐरावति गाउँपालिका ३३ करोड ३० लाख रुपैयां रकम बिनियोजन भएको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu