Connect with us
Kapilvast Forest

निषेधाज्ञामा सल्बलाए साइबर ठग

२०७८, १७ जेष्ठ सोमबारमा प्रकाशित

 

सल्यान – कोरोना भाइरसका कारण प्रशासनले निषेधाज्ञा जारी गरेको छ। जसकारण धेरै मानिसहरूले सामाजिक सञ्जाल र अनलाइन गेमलाई दिन कटाउने माध्यम बनाइरहेका छन्।

तर, निषेधाज्ञाको फाइदा उठाउँदै अपराधिक समूह तथा ह्याकरहरू पनि सक्रिय भएको पाइएको छ। भाइबर, ह्वाट्सएप, फेसबुक र म्यासेञ्‍जरजस्ता एपमार्फत नागरिक ठगिँदै आइरहेका छन्।

विभिन्न सामाजिक सञ्जालमा चिट्ठा परेको भन्दै रकम प्राप्त गर्न बैंक एकाउन्ट पठाउन भन्ने, अनलाइन गेमबाट पैसा हाल्न लगाई ठगी गर्ने, आफूलाई अत्यन्तै समस्या परेको बताई रकम पठाउन लगाउने लगायत घटनामा वृद्धि भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

यस प्रकारका सूचनामा सचेत भई त्यस्ता झूटा कुराहरूमा विश्वास नगर्न, लोभ(लालचमा नफस्न तथा सत्य तथ्य बुझेर मात्र कारोबार गर्न आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले बताउनुभयो ।

आफूलाई आर्थिक समस्या परेको भन्दै चिनेकै साथीको फेसबुक म्यासेञ्‍जरबाट म्यासेज आएपछि सापटीका रूपमा ३१ हजार ५ सय रुपैयाँ पठाउँदा ह्याकरको हातमा परेको सञ्चारकर्मी आशिष केसीले बताए। अहिलेसम्म ह्याकरबाट पैसा फिर्ता ल्याउन नसकेको उहाँको भनाई छ।

उहाँले भन्नु भयो जेठ ५ गते ग्यालेक्सी फो के टेलिभिजनका कर्णाली ब्यूरो प्रमुख सुदीप पुरीको म्यासेञ्‍जरबाट आफूलाई समस्या परेकाले पैसाको सहयोग गर्न म्यासेज आएपछि ३१ हजार ५०० रुपैयाँ पठाएँ, तर पछि थाहा पाएँ(त्यो म्यासेज उहाँले होइन, ह्याकरले पठाएको रहेछ।’

यस्तै, ताइवानको लोकेशन देखाएर ह्याक गरिएको लेकाली अनलाइनको फेसबुक आइडी ह्याक भएको अनलाइनका सञ्चालन खकेन्द्र केसीले बताए। धेरै प्रयास गरेपछि आइडी रिकभर गर्न सफल भएको उहाँको भनाई छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu