Connect with us
Kapilvast Forest

राष्ट्रियसभा उपनिर्वाचन : मतदान अन्तिम चरणमा

२०७८, १७ जेष्ठ सोमबारमा प्रकाशित

दाङ-लुम्बिनी प्रदेशको रिक्त एक सिटमा भइरहेको राष्ट्रिय सभा उपनिर्वाचनको मतदान अन्तिम चरणमा पुगेको छ । अब प्रदेशतर्फ ३ र स्थानीयतर्फ ५ जनप्रतिनिधिले मात्र मत खसाल्न बाँकी रहेको छ ।

सोमबार १ बजेसम्म स्थानीयतर्फको मतदान केन्द्रमा ८० महिला र १०८ पुरुषले मत खसालेका छन् । यस्तै प्रदेशसभा तर्फको मतदान केन्द्रमा ३० महिला र ५० पुरुषले मतदान गर्नु भएको छ ।

यस्तै कोभिड तर्फको मतदान केन्द्रमा प्रदेशका ३ र स्थानीय तहतर्फका २१ जनप्रतिनिधि गरी २४ जनाले मत खसाल्नुभएको छ । यससँगै हालसम्म स्थानीय र प्रदेशतर्फ गरी २९२ जनप्रतिनिधिको मत खसेको छ । जसमा नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवल शमशेर राणाले मतदान नगर्ने यसअघि नै घोषणा गरिसक्नुभएको छ ।

दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान जारी मतदान दिउँसो ३ बजेसम्म रहनेछ । यस्तै मतदानलगत्तै निर्वाचनको नतिजा आज नै घोषणा गरिने प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

निर्वाचनमा प्रदेशसभाका ८३ सदस्य र स्थानीय तहका २१७ जनप्रतिनिधि मतदाता छन् । प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ छ ।नेकपा एमालेका चन्द्रबहादुर खड्का र नेपाली काँग्रेसका दृगनारायण पाण्डे चुनावी मैदानमा हुनुन्छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu