Connect with us
Kapilvast Forest

राष्ट्रियसभा उपनिर्वाचन स् मतपेटिकामा पिसिआर रिपोर्ट, मतपत्र गायव

२०७८, १७ जेष्ठ सोमबारमा प्रकाशित

दाङ – लुम्बिनी प्रदेशअन्तर्गत सोमबार सम्पन्न राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा कूल ३ सय मतदातामध्ये २ सय ९७ मत खसेको समाचार आयो।

भोट हाल्न नआउने तीन जना नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा।धवल शम्शेर राणा, गुल्मी दरबार गाउँपालिकाका अध्यक्ष अशोक कुमार थापा र बाँकेको नरैनापुरका अध्यक्ष इस्तियाक अहमद साह रहेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दियो । तर मतगणना सकिएपछि एक मत हरायो ।

यसअघि २ सय ९७ मत खसेको भनेको निर्वाचन अधिकृतको कार्यालयले २ सय ९६ मत खसेको र त्यसमा २ मत बदर भएको हिसाब देखाउँदै अन्तिम मत परिणाम सार्वजनिक गर्‍यो। एक मत खोइ त रु भन्ने कसैले भन्न चाहेनन्।

मतगणना स्थलमै रहेका नेपाली कांग्रेसका दाङ जिल्ला सचिव शंकर डाँगीले पोल खोले( मतगणना गर्दा एउटा पिसिआर रिपोर्ट भेटिएको थियोु। उनका अनुसार कुनै एक मतदाताले मतपत्रमा छाप लगाइसकेपछि मतपेटिकामा खसाल्नुपर्नेमा आफ्नो पिसिआर रिपोर्ट खसालेछन्।

मतदातालाई भोट हाल्न आउँदा पिसिआर रिपोर्ट अनिवार्य गरिएको थियो।मत गन्दै जाँदा पिसिआर रिपोर्ट भेटियो’, डाँगीले भन्नु भयो , ‘हामीले कसको हो भनेर हेरेनौँ, तत्कालै च्यातेर फाल्यौँ।’ ति मतदाताले लिएको मतपत्र भने भेटिएन। स्रोतका अनुसार एक गाउँपालिका उपाध्यक्षले त्यसो गरेको हुनसक्ने बुझिएको छ। यस विषयमा निर्वाचन अधिकृतको कार्यालयले केही बताउनु भएको छैन

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu