रोट्रयाक क्लब अफ बुद्धभूमिको अध्यक्षमा खनाल
अर्जुन बेल्बासे कपिलवस्तु –रोट्रयाक्ट क्लब अफ बुद्धभूमिको अध्यक्षमा शिव खनाल चयन हुनु भएको छ ।लोकदोहोरी प्रतिष्ठान कपिलवस्तुका सह सचिव समेत रहनु भएका खलनाललाई रोट्रयाक्ट क्लव अफ बुद्धभूमिले वर्ष २०२१÷२२ को लागि अध्यक्षमा खनालसहित नयाँ कार्य समिति चयन गरेको हो ।
रोट्रयाक्ट क्लबको यस वर्षको अध्यक्ष पदमा जिम्मा पाउनु भएका खनालले यस क्लबको कार्यमा थप एक इँटा थप्न पाउँदा गौरब महसुस भएको बताउनु भयो । पेशाले लोक तथा दोहोरी गायक समेत रहनु भएका खनालले व्यक्तित्व विकास, अवसरको सिर्जना र सामाजिक उत्तरदायित्व क्लबको पहिलो प्राथमिकतामा रहने बताउनु भयो । उहाँले सामाजिक कार्यसंगै क्लवमा आबद्ध युवाहरुको नेतृत्व विकासमा लागिपर्ने प्रतिबद्धता जनाउँदै आत्मसाथ गरेर सामाजिक कार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाउनु भयो ।
क्लवको अध्यक्षमा शिव खनाल, प्रेसिडेन्ट इलेक्ट लेखनाथ बेल्बासे, प्रेसिडेन्ड नोमिनी लिल बहादुर कुँवर, भ्वाइस प्रेसिडेन्ट शेखरनाथ खनाल, बोम प्रसाद पन्थी, सेक्रेटरी (सचिव) ईश्वरी प्रसाद भुसाल, ज्वाईन्ट सेक्रेटरी (सह-सचिव) कृष्ण गिरी, ट्रेजर (कोषाध्यक्ष) विशाल गिरी, क्लब सर्भिस डिरेक्टर सुभास घिमिरे, कम्युनिटी सर्भिस डिरेक्टर सुशिला जिसी, प्रोफेशनल सर्भिस डिरेक्टर विकास आचार्य, इन्टरनेशनल सर्भिस डिरेक्टर विमर्श खनाल, सर्जेन्ट एटआम्स वर्षा लम्साल, पब्लिक रिलेशन डिरेक्टर कमल प्रसाद अधिकारी, मिडिया आउटरिच डिरेक्टर गणेश बेल्बासे संगमलाई जिम्मेवारी प्रदान गरिएको छ ।
२०२१÷२२ को लागि नयाँ कार्य समिति
