इलाम र सुनसरीमा दुर्घटना हुँदा दुई जनाको मृत्यु
विराटनगर-मंगलबार बिहान दुर्घटना हुँदा सुनसरी र इलाममा दुई जनाको मृत्यु भएको छ।सुनसरी बराहक्षेत्र नगरपालिका-१० दाजुभाइ चौकमा दक्षिणतर्फ जाँदै गरेको को२त ८१८७ नम्बरको ट्याक्टरबाट लडेर एक जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार सहचालक खोटाङ साकेला गाऊपालिका-१ डाँडागाँउका २२ वर्षीय विष्णुकुमार बस्नेतको मृत्यु भएको हो।ट्याक्टरबाट लड्दा उनलाई डालाको चक्काले किचेको थियो। उनको घटनास्थलमै मृत्यु भएको छ ।
ट्याक्टर चालक ४५ वर्षीय भीमबहादुर कार्कीलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीले नियन्त्रणमा लिएको छ ।त्यस्तै, इलाम नगरपालिका-११ आले चोकमा ट्रकको ठक्करबाट एक जना वृद्धको ज्यान गएको छ।