Connect with us
Kapilvast Forest

म्यान्चेष्टर सिटीका गार्सिया बार्सिलोना जाँदै

२०७८, १८ जेष्ठ मंगलवारमा प्रकाशित

एजेन्सी
म्यान्चेष्टर सिटीका ‘सेन्टर ब्याक’ एरिक गार्सिया बार्सिलोनामा आबद्ध हुनुहुने भएको छ । स्पेनका गार्सियाको सिटीसँगको आबद्धता अर्को महिना समाप्त हुँदैछ ।

२० वर्षीय गार्सियाले बार्सिलोनासँग पाँच वर्षे अनुबन्धन सम्झौता गर्ने बताइएको छ । जसका लागि बार्सिलोनाले ४० करोड यूरो तिर्नेछ । गार्सिया किशोर अवस्थामै हुँदा बार्सिलोनाबाट खेल्दै हुर्किएका हुन ।

तर सन् २०१७ मा उहाँ म्यान्चेष्टर सिटी पुग्नुभयो । गत् सोमबार नै बार्सिलोनाले सिटीका स्ट्राइकर सर्जियो अग्वेरोसँग दुई वर्षे सम्झौतामा हस्ताक्षर गरेको छ ।

गर्सियाले सन् २००८ मा बार्सिलोनाको एकेड्मीमा भर्ना हुनुभएको थियो । पेप गार्डिओलाको म्यान्चेष्टर सिटीमा पछिल्लो सिजनमा गार्सियाले १२ खेलमा प्रतिनिधित्व गर्नुभएको छ । सिटीको सन् २०२०÷२१ मा प्रिमियर लिगको उपाधि जित्ने टोलिमा अटाएपनि गार्सियाले मात्र तीन खेलमा पहिलो रोजाईमा पर्नुभयो ।

सिटीका लागि हालसम्म उहाँले ३५ खेल खेल्नुभएको छ । गत् सेप्टेम्बरमा डेब्यु गरे यता गार्सियाले सात पटक स्पेनको राष्टिय टोलिको प्रतिनिधित्व गर्नुभएको छ । उहाँ सन् २०२० को यूरो कप फुटबलका लागि समेत टोलिमा अटाउनुभएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu