Connect with us
Kapilvast Forest

ढिस्काले पुरिँदा चन्द्रागिरिमा दुईजनाको मृत्यु

२०७८, २० जेष्ठ बिहीबारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

 

काठमाडौं- काठमाडौँको चन्द्रागिरि नगरपालिका­-१३ स्थित कङ्काली स्कुल नजिक ढिस्को खसेर पुरिँदा बुधबार दुईको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।

मृत्यु हुनेमा उदयपुर बेलका नगरपालिका-­८ घर भई हाल सोही नगरपालिका बस्ने वर्ष ३६ की सीता राई र मकवानपुर राङ्सिङ घर भई सोही ठाउँमा काम गर्ने वर्ष २० का टेकबहादुर चेपाङ छन्।

घटनापश्चात प्रहरी वृत्त थानकोटबाट गएको प्रहरी टोलीले उद्धार गरी उपचारको लागि मनमोहन मेमोरियल अस्पताल स्वयम्भू पठाएकामा उपचारको क्रममा उनीहरुको मृत्यु भएको जनाइएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार यहाँस्थित प्लटिङमा पर्खाल लगाउने क्रममा माथिबाट माटोको ढिस्को खसेको थियो। घाइते भएका अन्य दुई जनाको अवस्था सामान्य रहेको जनाइएको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu