नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि स्थगित
काठमाडौँ– नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि स्थगित भएको छ ।अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनु भयो ।
अर्को बैठक परिस्थिति हेरेर सूचित गरिने जनाइएको छ । यसअघि बुधबारलाई बोलाइएको बैठक आज ४ बजे बस्नेगरी स्थगित भएको थियो । पार्टी एकतालाई मुर्तरुप दिन माधव नेपाल पक्षसँग वार्ता जारी रहेकाले हिजो स्थगित भएको बैठक आज नेपाल पक्षले केन्द्रीय कमिटी बैठक राखेपछि स्थगित गरिएको छ ।