Connect with us
Kapilvast Forest

हामीलाई बिदा गर्नुहोस्, नेतृत्वमा नयाँ पुस्तालाई अघि सार्नुस्:नेता खनाल

२०७८, २० जेष्ठ बिहीबारमा प्रकाशित

काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले कम्युनिष्ट आन्दोलन बचाउन नयाँ पुस्ता अगाडि सर्नुपर्ने बताउनु भएको छ । केन्द्रीय सदस्यहरुको भर्चुअल बैठकमा नेता खनालले ७० वर्ष पुगेको पुस्तालाई बिदा गर्न आग्रह गर्नु भयो ।

‘हामी ७० वर्ष हाराहारी पुग्यौं । अब हामीलाई छोडेर भएपनि युवाहरु अगाडि बढ्नुपर्छ,’ नेता खनालले भन्नु भयो । भर्चुअल बैठकमा सहभागी एक नेताका अनुसार आफ्नो पुस्तालाई बिदा गर्न युवाहरुसँग आग्रह गर्नु भएको थियो ।

‘केही काम दिनुहुन्छ भने तयार छौं । तर कम्युनिष्ट आन्दोलन बचाउन युवाहरु बढ्नुपर्छ,’ खनालको भनाइ थियो । एमाले धार निर्माणका संस्थापक नेता खनालले पटकपटक गरी झण्डै दशक बढी पार्टीको नेतृत्व गर्नु भएको छ ।

२०३९ सालमा खनाल नेकपा मालेका महासचिव बनेन्नु भएको थियो । फेरि २०६४ पछि खनाल एमालेको अध्यक्ष बन्नु भएको थियो । खनालपछि २०७१ बाट केपी शर्मा ओली एमालेका अध्यक्ष निर्वाचित हुनु भएको हो ।

तर अब आफ्नो पुस्ताको नेताहरु नेतृत्वबाट अलग हुनुपर्ने खनालले प्रस्ताव गर्नु भएको छ । उहाँले ओलीबाट भने कम्युनिष्ट आन्दोलन नबच्ने पनि बताउनु भयो । ‘केपी ओपी कम्युनिष्ट नै होइनन् । उनीबाट आन्दोलन जोगिंदैन,’ खनालले भन्नु भयो ।

एजेण्डामा पार्टी नचलाइएकाले दक्षिणपन्थी प्रवृत्ति हाबी भएर गएको खनालले बताउनु भयो । ‘पार्टी एजेण्डामा बाँच्नुपथ्र्यो । तर दक्षिणपन्थतिर गयो । त्यसका विरुद्ध संघर्ष गर्नुपर्छ,’ उहाँले भन्नु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu