Connect with us
Kapilvast Forest

कपिलवस्तुमा थप दुई कोरोना संक्रमितको मृत्यु

२०७८, २१ जेष्ठ शुक्रबारमा प्रकाशित

काठमाडौं-कपिलवस्तुमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । कोरोना संक्रमणले आज शुक्रबार सिद्धार्थ क्याम्पस बुङ्चीका प्राध्यापक दिलबहादुर श्रेष्ठको मृत्यु भएको छ ।

४३ वर्षीय उनको रुपन्देहीको मडिग्रामस्थित क्रिमसन अस्पतालमा उपचार हुँदाहुँदै शुक्रबार मृत्यु भएको हो । उनमा दुई साताअघि संक्रमण देखिएको थियो ।

त्यस्तै, बुद्धभूमि नगरपालिका–१० की ३२ वर्षीया महिलाको पनि कोरोनाबाट मृत्यु भएको छ । उनको तौलिहवास्थित जिल्ला अस्पतालमा उपचार हुँदाहुँदै मृत्यु भएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj