Connect with us
Kapilvast Forest

बलात्कार र हत्यामा संलग्न १६ जना जेल चलान

२०७८, २२ जेष्ठ शनिबारमा प्रकाशित

 

बागलुङ- बागलुङ नगरपालिका–४ की एक १७ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका चारजना जेल चलान भएका छन् । जिल्ला अदालत बागलुङले जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका आरोपिलाई जेल चलान गर्न आदेश दिएको हो । उनीहरुसँगै पक्राउ परेको १५ वर्षीया युवतीलाई बाल सुधार गृहमा पठाउन आदेश दिएको छ ।

अदालतको आदेश अनुसार बागलुङ नगरपालका–४ का ३५ वर्षीय राजेन्द्र सुवेदी, ३६ वर्षीय राजु कँडेल ‘गिरिजा’, ३२ वर्षीय दिनेश घर्ती क्षेत्री र २५ वर्षीय गोकुल पुन जेल चलान भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिनुभयो ।
वैशाख २२ गते घरबाट हराएकी किशोरी साता दिनपछि परिवारको सम्पर्कमा आएपछि परिवारले वैशाख २६ गते सामूहिक बलात्कार भएको भन्दै प्रहरीमा जाहेरी दिएका थिए । जिल्ला न्यायधीसका अनुपस्थितिमा स्रेस्तेदार सूर्य भण्डारीको इजलासले बिहीबार उनीहरुलाई थुनामा राख्ने आदेश दिएको थियो ।

भीरबाट खसालेर मारेको आरोपमा १२ जना जेल चलान

यस्तै, गत वर्षको होली पूर्णीमाको दिन होली खेल्ने क्रममा एक युवालाई भीरबाट खसालेर मारेको आरोपमा पक्राउ परेका १२ जना पनि पूर्पक्षको लाथि जेल चलान भएका छन् । अदालतले आरोपी बडिगाड गाउँपालिका– १० का रेशम बुढामगर, झनबहादुर बुढा, मिलन बुढा, सूर्य बुढा, कुमार छन्त्याल, तीर्थलाल बुढा, ढालबहादुर बुढा, रुपेश बुढा, बालजंग गुरुङ, यामबहादुर बुढा, तेजेन्द्र छन्त्याल र सुमन बुढालाई थुनामा राख्न आदेश दिएको हो ।

घटनामा संलग्न रहेको आरोपमा १३ जना पक्राउ परेका थिए । उनीहरु पक्राउ परेलगतै हिरासतमै कोरोना पोजेटिभ पहिचान भएको थियो ।
कोरोना निको भएका १२ जनालाई जेल चलान गरिएको छ । पक्राउ पर्ने भेषराज बुढा ‘रेशम’को कोरोना रिपोर्ट अझैँ पोजेटिभ हुँदा आइसोलेसनमै राखिएको छ ।

उक्त घटनामा अझैँ पाँच जना फरार छन् । चैत्र १५ गते होलीको दिन होली खेल्ने क्रममा उनीहरुले बागलुङको निसीखोला गाउँपालिका– ७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षका दिपक परियारलाई भीरबाट खसालेका थिए । घटनामा प्रकाश कँुवरको मृत्यु भएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu