Connect with us
Kapilvast Forest

नाच्दै फर्किए संक्रमण मुक्त ५२ बालबालिका

२०७८, २२ जेष्ठ शनिबारमा प्रकाशित

 

काठमाडौं-लै वरी लै, लै वरी लै…पटुकीमा सिउरेको सुर्के थैली खै… बोलको गीत घन्कदै थियो । बालबालिकादेखि स्वास्थ्यकर्मी तथा कोरोना संक्रमण भएका विरामीहरु खुसीले नाच्न थाले । सबैको मुहारमा जीतको भाव झल्किन्थ्यो ।

साना ६ बर्षिय बालिका नाँच्न नआएपनि कम्मर मर्काइ मर्काइ खुसीको गीतमा नाचिरहेको देखिन्थ्यो भने अरुले पनिसाथ दिइरहेका थिए ।
यो खुसीको माहोल कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेदिक अनुसन्धान तालिम केन्द्रको आइशोलेसन सेन्टरको हो । शनिवार एकैपटक ५२ जना कोरोना संक्रमित निको भएर घर फर्केका थिए । चारदेखि २० वर्ष सम्मका कोरोना संक्रमित स्वथ्य भएर घर फर्केका हुन् ।

केन्द्रका चिकित्सक तथा कोभिड वार्डका संयोजक डा.जितेन्द्र श्रेष्ठले नक्सालस्थित बालमन्दिर तथा सिफलका बाल गृहका बालकालिका तथा कर्मचारी एकै पटक कोरोनालाई जितेर घर फर्किएको बताउनुभयो ।

सबैको एन्टिजेन परीक्षणबाट नेगेटिभ आएपछि घर फर्काइएको हो उहाँले थप्नुभयो, एक जनाको पोजेटिभ आएकोले केही दिन आइशोलेसनमा नै राख्छौं । केही दिनमा उहाँलाई पनि डिस्चार्ज गछौं ।

डा.श्रेष्ठका अनुसार कुनै स्वास्थ्य समस्या नभएकाले उहाँलाई पनि चाँडै नै घर पठाउछौ ।ती बालबालिकामा जेठ १० गेत पीसीआरमा पोजेटिभ आएपछि ११ गते कीर्तिपुरमा ल्याइएको उहाँले जानकारी दिँदै भन्नुभयो, यस अघि कोरोनाको लहरमा साना बालबालिका भर्ना नलिएको हुनाले यो पटक लिन अलि डर थियो ।

कान्ति बाल अस्पतालका चिकित्सकहरुको परामर्श तथा हामीले तयार गरिएको आयुर्वेदिक औषधिले चाँडैनै निको भएको धारणा ब्यक्त गर्नुभयो ।

बालबालिकालाई कुनै मानसिक समस्या नहोस् भनेर बालमनोविद्हरुले पनि परार्मश दिनुको साथै विभिन्न खेलमा सामेल गराएको पनि उहाँले जानकारी दिनुयभो ।

डा.श्रेष्ठले युनिसेफ नेपालले बालबालिकाको लािग विभिन्न खेल खेल्ले सामान भकुण्डो, रङ सहयोग गरेको बताउनुभयो । उहाँले बालबालिकालाई रमाइलो गर्न ब्यायाम, नाचगान, लुडो, क्यारेमबोर्ड जस्ता खेल खेल्न पनि उत्साहित गरिरहेको जानकारी दिनुभयो ।
पहिलेको आयुर्वेदिक औषधि बालबालिकाले खान नसक्ने भएकोले केन्द्रका निर्देशक रामआधार यादवको संयोजकत्वमा डा.जितेन्द्र श्रेष्ठ , डा. अमितमान जोशी तथा डा.सृजना श्रेष्ठको सल्लाह बमोजिम अर्को गोली बनाएर दिएको पनि बताउनुभयो ।

केन्द्रका निर्देशक डा रामआधार यादव भन्नुहुन्छ, विभिन्न आयुर्वेदिक जडीबुटीबाट औषधि बनाएर बालबालिकालाई महमा खान दिएको हो ।
उहाँका अनुसार चार देखि १० वर्षका ११ जना, ११ देखि २० वर्षका १७ जना तथा २१ माथिका ७ जना संक्रमित भएका थिए ।

तीन जना बालबालिकामा भने शारिरीक अपाङ्गता रहेको जानकारी दिदै डा.यादवले आयुर्वेदिक औषधि, योग, साङ्गितिक ब्यायाम तथा बेलुका नाच गानको कारण पनि चाँदै कोरोनालाई जितेको धारणा ब्यक्त गर्नुभयो ।

आज ५२ जना घर फर्कदा निकै खुसी लागि रहेको छ उहाँले भन्नुभयो, बालबालिका संक्रमित भएको उपचार गरेर राम्रो परिमाण आउनु राम्रो उपलब्धि हो ।यता उपचारमा खटिरहनु डा.अनिश धामीले बालबालिका धेरै आत्मविश्वास रहेको बताउनुभयो । आफूले बालबालिकालाई उपचार गर्न पाएको र निको भएर घर फर्कनुभएकोमा खुसी ब्यक्त गर्दे उहाँले संक्रमित बालबालिका आफैमा रमाएका र कोही नाच्ने गाउने गर्दे दिन विताएको बताउनुभयो ।

नेपाल बाल संगठनका अध्यक्ष विद्या उपाध्याय न्यौपानेले आफ्ना बालबालिका सबै निको भएर फेर्केको देख्दा खुसीको सीमा नभएको बताउनुभयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu