कृषक आत्मानिर्भर भए देश आत्मानिर्भर हुन्छ: मिश्रा
कपिलवस्तु- कपिलवस्तुका नेता पुर्व भैतिक पुर्वधार विकास राज्यमन्त्री इश्वर दयाल (विरेन्द्र) मिश्राले कृषक आत्मानिर्भर भएपछि देश आत्मानिर्भर हुने बताउनु भएको छ ।
लुम्बिनी प्रदेशको धानवाली उदघाटन तथा सार्वजनिकनिजीकरण समारोहलाई लोहरौलामा सम्बोधन सम्बोधन गर्दै पुर्वराज्यमन्त्री मिश्राले किसानलाई सरकारले विशेष अनुदान दिनु पर्ने बताउनु भयो ।
शुक्रबार कृष्णनगर नगरपालिका ८ रोहरौला गाँउका कृषकहरूलाई खेति गर्नमा कुनै समस्या नआउन भन्दै लोहरौला धानवाली स्मार्ट कृषि गाउ कार्यक्रम लागु गरिएको लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन केसीले जानकारी दिनु भयो ।
कृष्णनगर नगरपालिका वडा न ८ मा रहेको रोहरौला गाँउका ५५ जना किसानलाई प्रत्यक्ष रूपमा लाभ हुने गरि लुम्बिनी प्रदेश सरकारले कृषि सम्बन्धि जलवायु स्मार्ट , सिचाई स्मार्ट,खाद्द पोषण स्मार्ट,प्रविधि स्मार्ट तथा बजार स्मार्ट कार्यक्रम आज देखि लागु हुने गरि उद्घाटन गरिएको प्रदेश सभा सदस्य केसिले बताउनु भयो ।
लोहरौला स्मार्ट कृषि गाउँ कार्यक्रम कार्यान्वयन समितिका संयोजक ठिकराम चौधरीले अतिथिहरूको सल्लह सुझावलाई ध्यानमा राखि कार्यक्रम संचालन गर्नुपर्ने बताउनु भयो । कार्यक्रममा कृष्णनगर नगरपालिका वडा न ८ का वडाध्यक्ष नूरमोहम्द मुसलमान, शिवराज नगरपालिका वडा न ७ का वडाध्यक्ष अनूप कुमार चौधरी,कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख रविन्द्र नाथ चौवे, कृष्णनगर नगरपालिका कृषि शाखा प्रमुख चन्द्रराम चौधरी, सामाजसेवी रामदास चौधरी लगायत किसानहरूको उपस्थिति रहेको थियो ।