Connect with us
Kapilvast Forest

महतोले आज पनि भने नेपाल बहुल राष्ट्रिय राज्य नै हो

२०७८, २२ जेष्ठ शनिबारमा प्रकाशित

काठमाडौं-हिजो साँझदेखि उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री बनेका जसपा नेता राजेन्द्र महतोले नेपाल बहुराष्ट्रिय राज्य भएकाले त्यसैअनुसारको नियम,कानुन, संविधान र व्यवस्था हुनुपर्ने बताउनु भएको छ ।

आज जसपाको पार्टी कार्यालय बबरमहलमा नवनियुक्त मन्त्रीहरुलाई स्वागत कार्यक्रमपछि महतोले नेपाल बहुराष्ट्रिय राज्य भएकाले त्यसैअनुसारको नियम, कानुन, संविधान र व्यवस्थामा हिमाल, पहाड, तराई र मधेशका जनताको सहभागिता हुनुपर्ने बताउनु भएको हो ।

 

मुलुकलाई बहुलतामा लैजानुपर्ने उल्लेख गर्दै उपप्रधानमन्त्रीले बहुल राज्य नभएसम्म जनताले अधिकार र पहिचानको निम्ति आन्दोलन गरिरहने बताउनु भएको छ ।

संविधान अपूर्ण भएकोले आफ्नो पार्टी जसपाले अधिकार र पहिचानको निम्ति मिसन चलाउने समेत महतोले उद्घोष गर्नु भएको छ ।उपप्रधानमन्त्रीको भनाई थियो ‘देशका सबै कुरा ठीक छैन । शासनमा भएको कमिकमजोरीलाई संशोधन र सुधार गर्दै लैजानुपर्छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu