Connect with us
Kapilvast Forest

कपिलवस्तुमा ९ हजार ५५० भेरोसिल खोप आयो

२०७८, २३ जेष्ठ आईतवारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

कपिलवस्तु –यही जेठ २५ गते देखि ६० देखि ६४ बर्ष उमेर समुहलाई लगाउनकालागि जिल्लामा ९ हजार ५५० डोज भेरोसिल खोप आएको छ । तर खोप अभावले गर्दा जिल्लामा ६२, ६३ र ६४ बर्ष उमेर समुहलाई मात्र खोप लागनउे तयारी गरेको हो । जिल्लामा ६० देखि ६४ उमेर समुहका १९ हजार १६६ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

लक्षित समुह बढी रहेकाले ६२ देखि ६४ उमेर समुहकालाई मात्र खोप लगाउने निर्णय भएको स्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेयले बताउनु भयो । खोप लागउनकालागि १० वटै पालिकामा २ देखि ४ वटा खोप केन्द्र संचालन गरिने स्वास्थ्य कार्यालयका खोप अधिकृत चिन्तामणि ज्ञवालीले बताउनु भयो । खोपकालागि नागरिकता वा उमेर खुल्ने प्रमाण ल्याउन उनले आग्रह गर्नु भयो ।

उता स्वास्थय कार्यालय प्रमुख पाण्डेयले लकडाउनले कोरोनाको चेनब्रेक गरेको बताउनुभयो । उहाँले पालिकाहरुले परिक्षणको दायरा बढाउनु पर्ने आग्रह गर्नु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu