Connect with us
Kapilvast Forest

फेरिदै डमरु दहको स्वरुप, करिव १ करोडको बिकास योजनाको काम सञ्चालन

२०७८, २४ जेष्ठ सोमबारमा प्रकाशित

अराज बेल्बासे , अर्घाखाँची -शीतगंगा नगरपालिका–३, मा रहेको अर्घाखाँचीको प्रशिद्ध प्रर्यटकिय क्षेत्र डमरु दहमा स्थानिय सरकार तथा प्रदेश सरकारको नजर परेको छ । हरेका बर्ष ओझेलमा पर्ने समाचार आइ रहने दमरु दहमा अहिले करिव १ करोड बराबरको काम भइरहेको छ । गत बर्ष करिव ४० लाख बजेट काम नगरि भुसाल कन्ट्रक्सनले फ्रिज गराइ दिए पछि अलपत्र रहेको उत्त योजनामा अहिले काम भइ रहेको छ । अहिले ५० लाखको प्रदेश योजनाको सडकमा बल्क निमाण तथा नाली निर्माणको कामभइ रहेको छ ।

चुरे संरक्षण अन्र्तरगतको बजेटमा करिव २० लाख बराबरको काम स्थानिय उपभोक्त्ता समिति मार्फत काम भइ रहेको छ । उपभोत्ता समितिको अध्यक्ष नारायण अधिकारीले घर अगाडीको डमरु दह निकै ओझलमा परेकोले यो बर्ष आफ्नै निग्रानीमा काम गर्न लागेको बताउनु भयो । अहिले पर्खाल निमार्णको काम भइ रहेको छ उत्त बजेट बाटै तोकिए भन्दा २० प्रतिशत काम बढी गर्ने योजनाका साथ काम भइ रहेको अधिकारीले बताउनु भयो ।

यस्तै डमरु दहको अगाडीको खाली स्थानमा ग्रार्डेन तथा तारबार र गेट निमार्णका लागि करिव २० लाखको योजना रहेको छ । केहि स्थानियको अबरोधका कारण त्यँहा काम सुरु हुन सकेको छैन । ५२ रोपनी क्षेत्रफलमा फैलिएको यो दह करिव १० मिटर सम्म गहिरो छ । यो बर्ष बर्खाको समय नजिकिएकोले नगरपालिकाले करिव २० लाखको योजना यो बर्ष स्थगित गरेको छ नगरको बजेट अर्को बर्ष पनि प्रयोग गर्न सकिने भएकोले बाहिरी निकायकाट आएको बजेटलाइ प्राथमिकता दिएको वडा अध्यक्ष हेमनाथ भुसालले जानकारी दिनु भयो ।

वडा कार्यलयको पहलमा दह सरसफाइको लागि कर्मचारी समेत न्युत्ती गरिएको वडा अध्यक्ष भुसालले बताउनु भयो । करिव १५० मिट तल बाट दहमा पानी सुक्न नदिनको लागि लिफ्टिङको पानी हाल्ने गरि बनाइएकोे योजनाको केही मर्मत बाँकी रहेको छ । उत्त पानी डमरु दहमा ल्याउनका लागि कर्मचारी समेत नियुत्त गरि सकिएकोले अब पानी सुक्न नदिने वडा अध्यक्ष भुसालले प्रतिवद्धता ब्यत्त गर्नु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu