Connect with us
Kapilvast Forest

गीतकार डोटेलको महामारी लक्षित गीत ‘कृष्ण अब तिमी आउ’ सार्वजनिक

२०७८, २४ जेष्ठ सोमबारमा प्रकाशित

काठमाडौं– गीतकार सुदन डोटेलले अहिलेको महामारी लक्षित गर्दै एउटा नयाँ पुकार गीत ‘कृष्ण अब तिमी आउ‘’ तयार पार्नु भएको छ ।उक्त गीतमा गायक कृष्ण काफ्लेको स्वर सुन्न सकिन्छ ।

गायक काफ्लेलाई दर्शक तथा स्रोताले देखन चम्पा, पर्ख पर्ख मायालु, मैले ढाँटेको छैन, चाखुम चाखुम जस्ता गीतहरले दर्शक तथा स्रोताहरुमाझ चर्चा कमाएका थिए ।यो गीतलाई सरोज प्याकुरेलले संगीतबद्ध गर्नु भएको छ ।

‘कृष्ण अब तिमी आउ‘’ गीतको पुकार गीतको म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक भएको छ।मानिसले आफूलाई अजंम्बरी र अहंकारी सोचेर कुकर्म गरेको कारणले विभिन्न खालका विपत्ती आएका छन्।

हामी सबैले गल्ती गरेका छौं ।त्यसकारण गीतकार डोटेलले कृष्ण अब तिमी आउ र यो हाहाकारको स्थितिबाट विश्वका मानिसहरुलाई मुक्त गराउ भन्ने आशय यो गीतमार्फत व्यक्त गर्नु भएको छ ।

गीतलाई मनोहर सुनामले संगीत संयोजन गरेको गितमा पुकार गीतको भिडियोमा कुवेर केसीको अभिनय छ।सुरेन्द्र श्रेष्ठको छायांकन तथा सम्पादन रहेको यो भिडियोलाई सरोज प्याकुरेलले निर्देशन गर्नु भएको हो।

भिडियो हेर्नुहोस

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj