राति विद्यालयमा लगेर बालिका बलात्कार
भोजपुर । अरुण गाउँपालिकामा बालिका बलात्कृत भएकी छन् । गाउँपालिका वडा नम्बर ४ टेलीयाका ३१ वर्षीय योगेन्द्रबहादुर विकले १३ वर्षीया बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ । विकलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार विकले बालिकालाई साउन २८ गते राति ‘विवाह गर्छु’ भन्दै जरायोटारस्थित जनश्रम प्राथामिक विद्यालयमा लगेर बलात्कार गरेका हुन् ।