Connect with us
Kapilvast Forest

युवती पुलबाट खसिन्

२०७६, ३२ श्रावण शनिबारमा प्रकाशित

काठमाडाैं । जुम्लाको पुर्वी क्षेत्रमा पर्ने पातारासी गाउँपालिकामा पुलबाट खसेर एक किशोरीको मृत्यु भएको छ । वडा नम्वर ४ घर भएकी वर्ष १९ की अनरुपा बुढाको घर जानेक्रममा पुलबाट खसेर मृत्यु भएको हो ।

प्रहरी चौकी डिल्लीचौरका ईन्चार्ज कृष्ण शाहका अनुसार स्थानीय लासी बजार पाने बुढाको पानी डुबेर मृत्यु भएको हो । मृतक बुढा शुक्रबार बिहान ८ आठ बजे लाम्री गाउँ जाने क्रममा पुलबाट जुवा नदीमा खसेकी थिइन् ।

बिहानैदेखि घरको सम्पर्कमा नआएपछि स्थानीयले खोजी गर्दा झण्डै एक किलो मिटर तल ग्यामिनमा अल्झिएकको भेटिएको प्रहरीले जनाएको छ । परिवार स्रोतका अनुसार उनी छारे रोगबाट ग्रसित थिइन् ।,

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj