Connect with us
Kapilvast Forest

देउवा, प्रचण्ड र नेपालबीच प्रदेश सरकारका विषयमा छलफल

२०७८, २४ जेष्ठ सोमबारमा प्रकाशित

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका नेता माधवकुमार नेपाल बुढानिलकण्ठबाट फर्किएका छन् ।

तीन नेताबीच देउवा निवासमा करिब एक घण्टा छलफल भएको छ । चार बजेतिर बुढानिलकण्ठ पुगेका प्रचण्ड, नेपाल र देउवाबीच प्रदेश सरकारहरुका विषयमा छलफल भएको एक नेताले बताउनु भयो ।

‘प्रदेश २ र गण्डकी प्रदेशमा कसरी अगाडि बढ्ने भन्नेबारे छलफल हो’, ती नेताले भन्नु भयो भयो । प्रदेशहरुमा पनि आफ्नो गठबन्धनको सरकार बनाउन विपक्षी दलहरुले गृहकार्य गर्दै आएका छन् । जनता समाजवादी पार्टी ९जसपा० का अध्यक्ष महन्थ ठाकुर पक्ष र एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सहकार्य भएको छ भने जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव पक्षसहित कांग्रेस, माओवादी केन्द्र र एमालेका नेता नेपाल समूहबीच गठबन्धन बनेको छ ।

प्रदेश २ मा यादव निकट नेता लालबाबु राउत मुख्यमन्त्री हुनुन्छ । मुख्यमन्त्री राउतले जसपाका ठाकुर पक्षलाई सरकारबाटै हटाउनु भएको छ भने कांग्रेस र माओवादीलाई सरकारमा लैजाने तयारी गर्नु भएको छ ।

यसबारे छलफल गर्न प्रचण्डले बिहान नेता नेपाल र देउवासँग अलग–अलग भेट्नु भएको थियो । यसपछि भने बुढानीलकण्ठमा तीन नेताबीच सामूहिक भेटवार्ता भएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu