Connect with us
Kapilvast Forest

प्रधानमन्त्रीका पूर्वस्वकीय सचिव वरूवालको कोरोना संक्रमणपछि निधन

२०७८, २५ जेष्ठ मंगलवारमा प्रकाशित

ताप्लेजुङ – प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्वस्वकीय सचिव एवं पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष पुष्पबहादुर बरुवालको कोरोना सङ्क्रमणले निधन भएको छ ।

गत वैशाखमा न्युयोर्क पुगेका बरुवालको उपचारका क्रममा गए राति उतै निधन भएको हो ।बरुवाललाई न्युयोर्क हुँदै सङ्क्रमण देखिएको थियो । सङ्क्रमण देखिएपछि उनी झण्डै एक महिनादेखि उपचारमा रहनुभएको थियो । ताहाचल क्याम्पसका सहप्राध्यापकसमेत रहेका बरुवाल २०७४ साल भदौमा पाथीभरा क्षेत्र विकास समितिको अध्यक्ष बन्नुभउको थियो ।

झापा घर भएका बरुवाल गत वैशाखमा पारिवारिक भेटघाटका लागि न्युयोर्क गएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले जानकारी दिनुभयो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu