Connect with us
Kapilvast Forest

नक्कली उद्योग खडा गरेर स्यानिटाइजर र कस्मेटिक सामान उत्पादन गर्ने कारखाना सिल

२०७८, २५ जेष्ठ मंगलवारमा प्रकाशित

काठमाडौँ – ब्राण्डेड कम्पनीको स्टिकर टाँसेर नक्कली कस्मेटिक उत्पादन गरेको आरोपमा प्रहरीले काठमाडौंको सानो भर्‍याङस्थित कस्मेटिक कारखानामा छापा मारेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले भारतीय नागरिक राजन जैसवालले सञ्चालन गरेको कारखानामा उद्योग वाणिज्य तथा उपभोक्ता संरक्षण विभागको टोलीसहिले छापा मारेको हो ।

परिसरका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार थानकोट बस्ने जैसवालले नाम चलेका ब्राण्डका स्टिकर टाँसेर कमसल कस्मेटिक उत्पादन गरेर बेच्ने गरेको सूचनाका आधारमा उक्त कारखानमा छापा मारेको हो ।कारखाना वाणिज्य विभागले सिल गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj