Connect with us
Kapilvast Forest

चिठ्ठाको बहानामा ठगी गरेको आरोपमा एक जना पक्राउ

२०७८, २५ जेष्ठ मंगलवारमा प्रकाशित

pakrau

पर्सा-२५ लाख चिठ्ठा परेको भन्दै ठगी गरेको आरोपमा प्रहरीले पर्साबाट एक जनालाई पक्राउ गरेको छ।प्रहरीका अनुसार पक्राउ पर्नेमा पर्सा वीरगञ्ज महानगरपालिका वडा नम्बर १८ का निरजकुमार सिंह रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार उनलाई केहि दिन अघि नै पक्राउ गरिएको हो ।

सामाजिक सञ्जाल ह्वाट्सएप, आइएमओ लगायतमा तपाईलाई २५ लाख रुपैयाँको चिठ्ठा परेको भन्दै विश्वासमा दिलाएर ठगी गरेको महानगरीय अपराध महाशाखामा उजुरी पछि उनलाई पक्राउ गरिएको डीएसपी खनालले बताउनु भयो ।

उनले चिठ्ठा परेको र अब कर तिर्नुपर्ने बाहना बनाएर आइएमई, ई सेवाबाट जम्मा दुई लाख १० हजार सम्म रकम लिएको पाइएको प्रहरीले जनाएको छ। अहिले प्रहरीले उनीमाथि ठगी कसूरमा थप अनुसन्धान अघि बढाएको बताएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu