Connect with us
Kapilvast Forest

वडा भित्र अस्पताल बनाउनुपर्ने भन्दै नगरप्रमुखलाई ज्ञापन पत्र

२०७८, २५ जेष्ठ मंगलवारमा प्रकाशित

दिपक केसी,चन्द्रौटा-
शिवराज नगरपालिका भित्र निर्माण हुने १५ शैयाको अस्पताल शिवराज नगरपालिका वडा न २ मा बनाउनु पर्ने भन्दै नागरिकहरुले नगरप्रमुख लाई ज्ञापन पत्र बुझाएका छन् ।

विभिन्न राजातिकि दल तथा सामाजिक संस्थाहरुले यसै वडामा अस्पताल बन्नुपर्ने माग समेत राखेका छन् । मंगलवार नगरप्रमुख नेत्रराज अधिकारीलाई उक्त ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्रमा नगर कार्यापालिकाले वडा न २ मा निर्माण गर्ने निर्णय गरिसकेको र त्यसलाई कार्यन्वयन गर्न सुझाव दिइएको छ ।

स्थानिय टिकाराम पाण्डेले प्रदान गरेका १० कठ्ठा जग्गा अस्पताल बनाउन उपयुक्त रहेकोले केहि व्यक्तिहरुको व्यक्तिगत स्वार्थमा परी निर्णय कार्यन्वयन हुन नदिएको आरोप लगाइएको छ ।

नेकपा एमाले अध्यक्ष राम कृष्ण रेग्मी,नेपाली काग्रेस सभापति प्रकाश न्यौपाने,नेकपा माओवादी केन्द्रका करुण बुढा,नेकपा विप्लवका लाल बहादुर घर्ती,सहकारी,युवा क्लव लगाएत ९ सस्थाहरुले उक्त ज्ञापन पत्र बुझाएका हुन ।

ज्ञापन पत्र बुझदै नगरप्रमुख नेत्रराज अधिकारीले छलफल गरेर अन्तीम रुप दिइने बताउनुभयो । अस्पताल निर्माणमा विवाद गर्नुभन्दा सबैलाई पाएक पर्ने स्थान नगरले छनोट गर्ने बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu