Connect with us
Kapilvast Forest

अमेरिकी राष्ट्रपति बाइडेन ७ देशको भ्रमणमा

२०७८, २७ जेष्ठ बिहीबारमा प्रकाशित

एजेन्सी-बाइडेनले आफु राष्ट्रपति भएपछि पहिलो पटक युरोपको भ्रमण गर्नेक्रम भ्रमणका लागि निस्किनु भएको छ ।युरोप भ्रमणका क्रममा बाइडेनले जी-७ देशको बैठक गर्नुहुने छ भने रुसी राष्ट्रपति भ्लादमिर पुटिन र बेलायतकी महारानी एलिजावेथलाई भेट्ने तालिका रहेको छ ।

राष्ट्रपति बाइडेनको ८ दिनको यो भ्रमणको शुरुवात बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई भेट गरेर हुने तालिका रहेको छ ।

अमेरिकासहित क्यानाडा, फ्रान्स, जर्मनी इटली, जापान र बेलायत सदस्य रहेको जी(७ देशहरुको बैठक बाइडेनको यस भ्रमणको प्रमुख केन्द्रमा रहने बताइएको छ ।

त्यसपछि बाइडेनले जुन १६ मा स्वीटजरल्याण्डमा रुसी राष्ट्रपति भ्लादमिर पुटिनसँग भेट गर्ने तालिका यस अघिनै सार्बजनिक गरिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj