मैत्रीपूर्ण खेलमा पोर्चुगलले इजरायललाई चार गोलले हरायो
एजेन्सी-युरोकपअघिको मैत्रीपूर्ण फुटबलमा पोर्चुगलले इजरायललाई हराएको छ । गएराति भएको खेलमा पोर्चुगलले इजरायललाई ४–० गोलले हराएको हो ।
पोर्चुगलको जितमा ब्रुनो फर्नान्डेजले दुई तथा क्रिस्टियानो रोनाल्डो र क्यान्सेलोले एकरएक गोल गरे । ४२ औं मिनेटमा पहिलो गोल गरेको पोर्चुगलले ४४ औं मिनेटमै दोस्रो गोल थपेको थियो ।
युरोकप फुटबलमा पोर्चुगलले आफ्नो पहिलो खेल आउँदो मङ्गलवार हङ्गेरीसँग खेल्नेछ ।