Connect with us
Kapilvast Forest

विश्वकप छनोट : नेपाल अष्ट्रेलिया भिड्दै

२०७८, २८ जेष्ठ शुक्रबारमा प्रकाशित

 

काठमाडौं- फिफा विश्वकप तथा एसिया कप छनोट अन्तर्गत दोस्रो चरणको अन्तिम खेलमा नेपालले आज अष्ट्रेलियासँग खेल्दैछ ।खेल नेपाली समय अनुसार राति पौने १० बजे कुवेतमा हुने छ। विश्वकप छनोटको अर्को चरणमा पुग्ने सम्भावना सकिसकेको नेपाल एसिया कप छनोटको तेस्रो चरणमा सोझै प्रवेश गर्ने गणितीय सम्भावना मात्र बाँकी छ।

यस्तोमा एसियाली फुटबलको पावरहाउस अष्ट्रेलियाविरुद्धको जितले मात्र एसियन कप छनोटको तेस्रो चरणमा पुग्ने नेपालको सम्भावना बाँकी रहन्छ। पाँच पटक विश्वकप खेलिसकेको बलियो प्रतिद्वन्द्वीविरुद्ध जित हात पार्न नेपाललाई कठिन छ।

अष्ट्रेलियाविरुद्ध राम्रो प्रदर्शन गर्ने नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले बताएका छन्। प्रिमियरमा कन्फ्रेन्समा प्रशिक्षक अलमुताईरीले नतिजा भन्दा पनि राम्रो खेल खेल्ने लक्ष्य लिएको र यसले भविष्यमा सकारात्मक सन्देश दिने बताएका छन्।

नेपाल र अष्ट्रेलियाबीच अहिलेसम्म एक मात्र खेल भएको छ। छनोटको अवे खेलमा नेपालले अष्ट्रेलियासँग ५–० को हार व्यहोरेको थियो।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu