Connect with us
Kapilvast Forest

साउदीमा १५ जुनदेखि माग पत्र प्रमाणीकरण हुने

२०७८, २८ जेष्ठ शुक्रबारमा प्रकाशित

saudi arba

काठमाडौं– साउदीमा रहेको नेपाली दूतावासले १५ जुनदेखि पुन : माग पत्र प्रमाणीकरण गर्ने भएको छ ।

‘फ्रन्ट डेस्क’मा काम गर्ने दूतावासका कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि रोकिएको माग पत्र प्रमाणीकरणको काम १५ जुनदेखि पूर्ववत् सञ्चालनमा आउने दूतावासले जनाएको छ ।

माग पत्र प्रमाणीकरणका लागि जाँदा अब रोजगारदाता कम्पनीको ‘यूजर अकाउन्ट’मा पठाइएको माग पत्र स्वीकृति भएको म्यासेजको प्रिन्ट अनिवार्य गरिएको छ ।

दूतावासबाट प्रमाणीकरणको छाप लगाउँदा रोजगारदाता कम्पनीले अब अनलाइन प्रणालीमा अपलोड गरेकै कागजात दूतावासले नै प्रिन्ट गरी त्यसमा नै छाप लगाइदिने पनि दूतावासले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu