Connect with us
Kapilvast Forest

गणेश लामामाथि निषेधाज्ञा उल्लंघनको आरोप, कारबाहीका लागि प्रशासनमा पेश

२०७८, २८ जेष्ठ शुक्रबारमा प्रकाशित

गोरखा – निषेधाज्ञा उल्लंघन गरेको भन्दै प्रहरीद्वारा नियन्त्रणमा लिइएका गणेश लामालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय कास्की पठाइएको छ।आवश्यक सोधपुछपछि उनलाई कारबाहीका लागि शुक्रबार करिब साढे १२ बजे जिल्ला प्रशासन कार्यालय कास्कीमा पठाएको कास्की प्रहरीले जनाएको छ।

कास्की प्रहरीका प्रवक्ता डिएसपी सुवास हमालले भन्नुयो ‘हामीले नियन्त्रणमा लिएर सोधपुछ गरेका थियौँ। उहाँ घुम्न आएको बताउनुभएको छ। कारबाहीका लागि प्रशासनमा पठाएका छौँ।’

​बिहीबार निषेधाज्ञा उल्लंघन गरेको भन्दै लामासहित प्रहरीले तीन जनालाई पोखराको लेकसाइटबाट नियन्त्रणमा लिएको थियो। बिहीबार साँझ नियन्त्रणमा लिएको प्रहरीले सोधपुछका लागि भन्दै वडा प्रहरी कार्यालय वैदाममा राखेको थियो।

लामा पछिल्लो समय नेपाली कांग्रेसको राजनीतिमा छन्। उनले कांग्रेसबाट चुनावसमेत लडेका थिए। लामा पक्राउ परेसँगै उनी गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङ्गेलाई विपक्षीको पक्षमा मत हाल्न लगाउनका लागि पोखरा आएको हुनसक्ने आशंका गरिएको थियो।

तर, प्रहरीले त्यस्तो कुनै कारण नभएको जनाएको छ। लामा नियन्त्रणमा लिएरको केही घण्टामै १४ घण्टादेखि सम्पर्कविहीन भएका सांसद मनाङ्गेलाई पनि प्रहरीले लेकसाईटमा नै फेला पारेको थियो।

लामालाई आवश्यक कारबाहीका लागि पक्रिया अघि बढाएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ। सहायक सिडियो कृष्णचन्द्र पौडेल भन्छन्, ‘उहाँलाई कारबाहीको लागि पक्रिया अघि बढाउँदै छौँ। के हुन्छ अहिल्यै भन्न सक्ने स्थित छैन।’निषेधाज्ञा उल्लंघन गर्नेलाई प्रशासनले स्थानीय प्रशासन ऐन २०२८, संक्रामक रोग ऐन २०२० एवं अन्य प्रचलित कारबाही गर्न सक्नेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu