नगर प्रमुख शाहद्धारा पत्रकार महासंघको लागि जग्गा प्रदान
सनिउल्ला धोबी,
कपिलवस्तु- नेपाल पत्रकार महासंघको भवनका लागि कृष्णनगर नगरपालिकाले जग्गा दिएको छ । नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको भवन कृष्णनगर नगरपालिकाको वडा नं. ८ मा रहेको २ कठ्ठा जग्गा भवन निर्माणका लागी महासंघलाई दिने निर्णय भएको कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले जानकारी दिनुभयो ।
जिल्लाको कृष्णनगर क्षेत्रका पत्रकारहरुको पहलमा नगरमा आवश्यक सुचना केन्द्र भवन निर्माणका लागि नगरपालिकाले बहादुरगंजमा रहेको २ कठ्ठा जग्गा दिने निर्णय भएको नगर प्रमुख रजत प्रताप शाहले बताउनु भयो ।
संचारकर्मी पत्रकारका लागी भवन उपयोगी हुने भएकोले जग्गा प्रदान गरिएको कृष्णनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विजय कुमार कार्कीले बताउनु भयो ।
भवन निर्माणमा आगामी बजेटमा रकम समेत विनियोजित गरिने वडा नं ८ का वडा अध्यक्ष नुर मोहम्मद मुसलमानले बताउनु भयो । त्यस क्षेत्रका पत्रकार मनिष गुप्ताको निरन्तर प्रयासले भवनको लागि जग्गा प्राप्त गर्न सफल भएको हो ।
नगरमा करिब १ दर्जन पत्रकार सक्रिय रहेका छन । नेपाल पत्रकार महासंघको कार्यालय सहित नागरिकको पहुँच पुग्ने सुचना केन्द्र सोहि जग्गामा निर्माण गरिने महासंघका अध्यक्ष किरणमान बज्रचार्यले बताउनु भयो । बहादुरगंजमा निर्माण हुने पत्रकार महासंघको भवनले जिल्लाको शिवराज नगरपालिका, महाराजगंज नगरपालिका र विजयनगर गाँउपालिकाका पत्रकार लाभ लिने छन ।
