Connect with us
Kapilvast Forest

वैद्यले लिखित रूपमा माफी माग्ने र अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने एमालेको माग

२०७८, २९ जेष्ठ शनिबारमा प्रकाशित

 

काठमाडौं – नेकपा एमाले बागमती प्रदेश संसदीय दलको बैठकले कांग्रेस प्रदेशसभा सदस्य नरोत्तम वैद्यले लिखित रुपमा माफी माग्नुपर्ने र उहाँको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने माग गरेको छ ।

शनिबार बिहान बसेको बैठकले वैद्यको गैरराजनीतिक अभिव्यक्तिको भर्त्सना गर्दै संसदमा लिखित रुपमा माफी माग्नुपर्ने माग गरिएको बैठकपछि बागमती प्रदेशसभामा एमालेका मुख्य सचेतक दीपक निरौलाले जानकारी दिनुभयो ।

 

वैद्यले शुक्रबारको नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्ने क्रममा प्रधानमन्त्री ओलीविरुद्ध नाथुराम गोड्सेजस्तै व्यक्ति आवश्यक परेको आपत्तिजनक अभिव्यक्ति दिनुभएको थियो । यो अभिव्यक्तिको उनकै पार्टी कांग्रेस र एमालेलेसमेत विरोध गरेका छन् ।

नीति तथा कार्यक्रम पास गर्न निर्देशन

दलको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले नीति तथा कार्यक्रमलाई पास गर्नका लागि पक्षमा मतदान गर्न सबै सदस्यहरुलाई निर्देशन जारी गर्नु भएको थियो ।

एमाले नेता अष्टलक्ष्मी शाक्यले पनि मुख्यमन्त्रीले दिएको निर्देशन अनुसार नीति तथा कार्यक्रम पास गर्न सदस्यहरुलाई भनेको मुख्यसचेतक निरौलाले जानकारी दिनुभयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu