Connect with us
Kapilvast Forest

दुर्गा मन्दिरको ट्रस निर्माणको कार्य सम्पन्न

२०७८, ३० जेष्ठ आईतवारमा प्रकाशित

कपिलवस्तु-ट्रस निर्माण उपभोक्ता समितिले दुर्गा मन्दिरमा सार्वजनिक सुनुवाइ सम्पनन गरेको छ । यस क्षेत्रमा हुने बिभिन्न सामाजिक कार्यका लागि प्रदेश सरकारको सहयोगमा शिवराज नगरपालिकाको ब्यापारीक केन्द्र चन्द्रौटामा रहेको दुर्गा भन्दिरमा १५ लाख बजेटमा ठुलो संख्यामा मानिस अटाउने गरि ट्रस निर्माण तथा इनटरबलक बिछाउने कार्य सम्पन्न पश्चात उपभोक्ता सपिमतिले यस क्षेत्रका सरोकारवाला निकाए बिच सार्वजनिक सुनुवाई गरि हिसाव किताव सार्वजनिक गरेको छ । उपभेक्ता समितिका अध्यक्ष राम प्रसाद पौडेलले १५ लाखको इस्टमिटमा प्रदेश सरकारको सहयोगमा निर्माण कार्य सम्पनन गरेको बताउँदै कोभिडको समयमा पनि दुरी कायम गरि समयमा काम सम्पनन गरेको बताउनु भएको छ ।

कार्यक्रममाका प्रमुख अथिति शिवराज नगरपालिका प्रमुख नेत्रराज अपिधकारीले यस क्षेत्रमा ठुलो संख्यामा कुनै सार्वजनिक कार्य गर्न सभाहल नभएकाले यस ट्रसले निकै महत्वपुर्ण सहयोग गर्ने बताउनु भयो । यस ट्रस निर्माणका लागि प्रदेश सरकारबाट रकम ल्याउन वकालत गर्ने लुम्बिनी प्रदेश सांसद अर्जुन केसिको अत्यान्तै महत्वपुर्ण भुमिका रहेके भन्दै धन्यबाद ज्ञापन गर्नु भयो ।

यस क्षेत्रमा आवश्यक भौतिक संरचना निर्माण तथा अन्य किासका लागि प्रदेश सरकारबाट बजेट ल्याएर सहयोग गरि यस क्षेत्रको विकासमा टेवा पुराउनु भएको समेत बताउनु भयो । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी एमालेका नगरकमिटी अध्यक्ष जगत पौडेल, नेपाली कांगे्रेश नगर समिति अध्यक्ष मधु पोखरेल,नेपाली कांग्रेशका नेता हुमकान्त खनाल,ब्यापार संघ कलिबस्तुका अध्यक्ष महादेव पोखरेल अनुगमन समिति संयोजक केशव पान्डेय,दुर्गा मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष तारा पौडेल, कमला भुषाल लगायतले मन्तब्य राख्दै यस क्षेत्रको किासमा टेवा पुराउने बताएका थिए । कोभिड १९ को प्रभाह नगरि छिटो छरितो काम भएकोमा उपभोक्ता समितिलाई धन्यबाद दिएका थिए ।

कार्यक्रम घन्श्याम पौडलको संचालनमा सम्मपन्न कार्यक्रमको अध्यक्षता उपभोक्ता समिति अध्यक्ष राम प्रसाद पौडेलले गर्नु भएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu