Connect with us
Kapilvast Forest

प्रमबाट देशकै पहिलो लिक्विड अक्सिजन प्लान्टको भर्चुअल माध्यमबाट शिलान्यास

२०७८, ३० जेष्ठ आईतवारमा प्रकाशित

 

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले देशकै पहिलो लिक्विड अक्सिजन प्लान्टको आज भर्चुअल माध्यमबाट शिलान्यास गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारबाटै भर्चुअल शिलान्यास गर्नुभएको प्रधानमन्त्री ओलीले कोभिड १९ महामारीको दोस्रो लहर सुरु भएपछि अक्सिजनको तीव्र अभाव ब्यहोरेको नेपालका लागि प्लान्टको स्थापना असाधारण खुसीको विषय भएको बताउनुभयो ।

कोभिड–१९ महामारीको ‘दोस्रो लहरले हामीलाई एक्कासि अक्सिजनको अभाव, सिलिन्डरको अभाव आदिले ग्रस्त बनायो । त्यतिबेला हामीले महंगो मूल्य तिरेरै पनि अक्सिजन सिलिन्डर किन्यौं’, प्रधानमन्त्री ओलीले बताउनुभयो । देशमा अक्सिजनको अचानक बढेको उच्च मागलाई सम्बोधन गर्न त्यतिबेला देशमा उपलब्ध साधन स्रोत र संरचनासमेत अपर्याप्त भएपछि भारतबाट अक्सिजन आयात गर्ने लगायतका काम समेत गरिएको प्रधानमन्त्रीले उल्लेख गर्नुभयो । त्यस अवस्थामा सरकारले देश भित्रै अक्सिजनको पर्याप्त उत्पादन गर्ने सोच राख्दै हरेक १ सय शैय्या भन्दा बढी भएका अस्पतालले अनिवार्य रुपमा आफैले अक्सिजन प्लान्ट राख्नुपर्ने व्यवस्था समेत ल्याएको पनि प्रधानमन्त्रीले बताउनुभएको छ । कोरोना महामारीको समयमा त्यसबाट पनि अक्सिजन आपूर्ती नपुग्ने देखिएकोले लिक्वीड अक्सिजन प्लान्ट राख्ने निष्कर्शमा सरकार पुगेको पनि प्रधानमन्त्रलिे बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले अक्सिजन प्लाण्टको स्थापना र अक्सिजनको उत्पादन पर्याप्त मात्रमा गर्न सकेमा व्यापार घाटा घटाउन समेत सहज हुने र छिमेकी देशका आवश्यकता र औद्योगिककरणका लागि पनि अक्सिजनको खपत बढने बताउनुभयो ।

रुपन्देहीको सिमरहवामा स्थापित यो प्लान्ट बाट प्रतिदिन कुल ६० मेट्रिक टन उत्पादन हुन्छ । यसबाट सात हजार ठूला सिलिन्डरमा अक्सिजन भर्न सकिनेछ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu