Connect with us
Kapilvast Forest

लुम्बिनी प्रदेशको नीति कार्यक्रम बहुमतले पारीत

२०७८, ३० जेष्ठ आईतवारमा प्रकाशित

 

बुटवल- लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा पेश गरेको आगामी आर्थिक वर्ष २०७८र७९ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। प्रदेशसभाको कार्यसूची अनुसार आइतबार बसेको प्रदेससभा बैठकमा सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरिएको हो।

प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले सरकारले पेश गरेको नीति तथा कार्यक्रमको पक्षमा बहुमत सदस्यको समर्थन रहेको भन्दै उक्त नीति तथा कार्यक्रम बहुमतले पारित भएको जानकारी गराएका हुन्।

सरकारको उक्त नीति तथा कार्यक्रम गत जेठ २५ गते प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेशसभामा पेश गरेका थिए। उक्त कार्यक्रममा विपक्षी गठबन्धनमा रहेका दलहरूका प्रमुख सचेतक बाहेकका अरू प्रदेशसभा सदस्यहरू अनुपस्थित रहेका थिए।

त्यस्तै, जनता समाजवादी पार्टीले पनि आफ्ना ६ जना प्रदेशसभा सदस्यलाई सरकारले पेश गरेको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो। तर ४ जनाले सरकारले जारी गरेको नीति कार्यक्रमको पक्षमा समर्थन गरेका थिए ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu