Connect with us
Kapilvast Forest

पूर्वप्रधानमन्त्री खनालको अक्सिजन ‘सपाेर्ट’ मा उपचार हुँदै

२०७८, ३१ जेष्ठ सोमबारमा प्रकाशित

काठमाडौं– थापाथलीमा रहेकाे नर्भिक अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री झलनाथ खनालको वार्डमा राखेर अक्सिजनको सपाेर्ट (सहयोग) मा उपचार भइरहेको छ ।

गएकाे नौ दिनदेखिको ज्वरो कम नभएपछि उहाँलाई आज बिहान थापाथलीमा रहेकाे नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो ।

अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार ज्वरो कम नभएसँगै स्वास्थ्यमा थकान महसुस हुने र श्वास फेर्न गाह्राे हुनेजस्ता समस्या देखिएपछि खनाललाई अस्पताल भर्ना गरिएको हो । नेता खनालको रगत जाँच गर्दा हेमोग्लोबिनको कमी देखिएको छ ।

उपचारमा संलग्न चिकित्सकका अनुसार उहाँको लक्षण हेर्दा कोभिडपछिको समस्या हुन सक्ने अनुमान गरिएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu