Connect with us
Kapilvast Forest

कपिलवस्तुमा अक्सिजन बढाउन र वातावरण हराभरा गर्न निशुल्क बिरुवा वितरण गरिने

२०७८, १ असार मंगलवारमा प्रकाशित

सनिउल्ला धोबी कपिलवस्तु–  कोभिडको महामारीमा अक्सिजन अभावको कारण सयौले अकालमा ज्यान गुमाउनु परेको भन्दै कपिलवस्तु साझेदारी बनले अक्सिजनको उत्पादन गर्ने बिरुवा निशुल्क वितरण गर्ने भएको छ । जिल्लाको शिवराज, महाराजगन्ज र बुद्धभुमी नगरपालिकामा अक्सिजन बढाउने उद्देश्यले विरुवा वितरण गरिने  कपिलवस्तु साझेदारी वन ब्यवस्थापन समितिले जनाएको छ । सोमबार बनको अनुगमनका क्रममा साझेदारी बनका अध्यक्ष गंगेश नाथ तिवारीले अक्सिजन उत्पादन र बाताबरण हराभरा हुने भएकोले बिरुवा वितरण गर्ने लक्ष्य रहेको बताउनु भयो ।   हरेक ब्याक्ती बन काटन तर्फ लागेकोले अब बन जोगाउने समय आएको अध्यक्ष तिवारीले बताउनु भयो ।                                                जिल्लाका क्रियाशिल पत्रकार र बनका पदाधिकारीद्वारा साझेदारी बनको नर्सरी र श- मिल जडान स्थलको अनुगमन गरिएको हो । साझेदारीले एक लाख भन्दा बढी विरुवा उत्पादन गरेको छ । जिल्लाको महाराजगन्ज नगरपालिका नजिकै विभिन्न प्रजातीका विरुवाहरु उत्पादन गरिएको छ ।                                                                      उत्पादित विरुवा उपभोक्तालाई निशुल्क वितरण गर्ने योजना रहेको कपिलवस्तु साझेदारी वन ब्यवस्थापन समितिका अध्यक्ष गंगेशनाथ तिवारीले जानकारी दिनु भयो । अहिले कोभिडको महामारीमा अक्सिजन अभावको कारण सयौपे अकालमा ज्यान गुमाउनु परेको भन्दै कपिलवस्तु साझेदारी बनले अक्सिजनको उत्पादन गर्ने बिरुवा निशुल्क वितरण गर्ने भएको छ ।
साझेदारीको नर्सरीमा टिक, बकाइनो, इपिल, गोल्ममोहर, खयर, मसला, तेजपता लगायतका विरुवाहरु उत्पादन भएका छन् । उत्पादीत विरुवाहरु असार पहिलो हप्तादेखि वितरण कार्य सुरु गरिने साझेदारी वनका अध्यक्ष गंगेशनाथ तिवारीले बताउनुभयो ।
सोमबार साझेदारी बनको अनुगमन गर्दै सहायक बन अधिकृत एजाज अन्सारीले साझेदारीले उत्पादन गरेको विरुवाहरु उपभोक्ताले वृश्रारोपण गरी हरियाली बनाउन आग्रह गर्नुभयो । वनमा उत्पादन भएका विरुवाहरु काट्न मात्र जागरुक नभई रोप्नमा पनि जागरुक हुनुपर्नेमा जोड दिनुभयो ।

साझेदारी बन अन्तर्गत शिवराज नगरपालिकाका, बुद्धभुमी नगरपालिका र महाराजगन्ज नगरपालिकाका उपभोक्तालाई उक्त विरुवा निशुल्क वितरण गरिने छ ।सरकारले काठ वितरणमा रोक लगाएपछि अहिले साझेदारीमा १० हजार भन्दा बढी क्युफिट काठ वितरण गर्न वाकि रहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu